Section 26A
सेवा अवधिको गणना
(१) सम्वत् २०५४ साल जेष्ठ १४ गतेभन्दा अघि निजामती सेवा ऐन, २०४९ बमोजिम नेपाल स्वास्थ्य सेवाको समान स्तरको पदमा रही गरेको सेवा अवधि यस ऐन बमोजिम बढुवा प्रयोजनको लागि गणना गरिनेछ ।
(२) यो दफा प्रारम्भ हुनुअघि लोकसेवा आयोगको प्रक्रिया पूरा गरी छैठौं र सातौं तहमा नियुक्ति भएका कर्मचारीको सो तहमा गरेको सेवा अवधि माथिल्लो तहमा स्तरवृद्धि वा बढुवा प्रयोजनको लागि गणना गरिनेछ ।